प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन जसपाका १८ सांसदको हस्ताक्षर

फ्रन्टलाइन राजनीति । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने निर्णय गरेको छ । वैशाख १४ गते बसेको जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । कार्यकारिणी समितिको बैठकका लागि दुईवटा कार्यसूची तय गरेको थियो । पहिलो नम्बरमा अनुशासनसम्बन्धी कारवाही बारे र दोस्रो नम्बरमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव सम्बन्धमा थियो ।


अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न जसपा नेपालका १८ जना सांसद तयार भएका छन् । उपेन्द्र यादव पक्षका एक नेताका अनुसार ‘ओलीको प्रतिगामी कदम विरुद्ध जसपा नेपालका बहुमत सांसद तयारी अवस्थामा छन्, पार्टीले निर्णय गर्ने बित्तिकै हस्ताक्षर गर्नेछन् ।’

frontline

जसपा नेपालमा पूर्वसमाजवादी पार्टीका १७ र पूर्व राजपाका १७ गरी ३४ सांसद छन् । त्यसमध्ये रेशम चौधरी जेलमा छन् भने हरिनारायण रौनियार निलम्बनमा परेका छन् । बाँकी रहेको ३२ सांसदमा १८ जना उपेन्द्र यादवको पक्षमा रहेको बुझिएको छ । स्रोतका अनुसार उपेन्द्र यादवले १८ जनासँग हस्ताक्षर गराएर पनि राखिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here