इन्डियन आइडल विजेता पवनदीपले गाए नेपाली गीत

श्रोत : ईन्टरनेट

२२ असार, काठमाडौं । इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पनि स्वर दिएका छन् । उनले गीतकार तथा कवि आनन्द अधिकारीको शब्द तथा शिखर सन्तोषको संगीतमा नेपाली गीत गाएका हुन् ।

गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । गीत हालै मुम्बई रेकर्ड गरिएको संगीतकार सन्तोषले बताए ।

frontline

म्युजिक नेपालबाट छिट्टै सार्वजनिक हुने गीतको बोल अहिले गोप्य राखिएको छ । ​नेपालीबजार ध्यानमा राखेर तयार गरिएको गीतमा अरुनिताको पनि स्वर छ ।

अरुनिताले पनि पहिलो पटक नेपाली गीत गाएकी हुन् । पवनदीप र अरुनिता दुबैको स्वर रहेको गीतले नेपाली संगीतिक बजारमा राम्रो चर्चा पाउने अपेक्षा संगीतकार सन्तोषको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here