मणिपुरमा पहिरोमा पुरिएर ४८ जनाको मृत्यु

२२ असार, एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पहिरोमा पुरिएर ४८ जनाको मृत्यु भएको छ । बेपत्ताको खोजी र उद्धारमा संलग्न अधिकारीहरूका अनुसार पहिरोमा परेर मृत्यु भएका अधिकांशमा प्रादेशिक सेनाका जवान छन् ।
राष्ट्रिय प्रकोप उद्धार बल, राज्य प्रकोप उद्धार बल, प्रहरी, दमकल, सेना, स्थानीय स्वयंसेवकसहित चारसयभन्दा बढी कर्मचारी उद्धारमा संलग्न छन् ।




पहिरोले तामेङलङ र नोनी जिल्लाबाट बग्ने खोला पूर्णरूपमा अवरुद्ध भएको छ । पहिरोका कारण खोलमा बाँधजस्तै संरचना निर्माण भएको छ ।
थुनिएको पानीले निकास पाएपछि तल्लो तटीइ क्षेत्र डुबानमा पर्ने सम्भावना रहेको जनाउँदै स्थानीय प्रशासनले त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानान्तरणका लागि तयार रहन निर्देशन दिएको छ ।
मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले पहिरोलाई राज्यको इतिहासकै सबैभन्दा भयावहपूर्ण घटना भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्