थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, ३३३ सक्रिय संक्रमित

१९असार , काठमाडौं । नेपालमा आइतबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १ हजार १ सय ६२ नमूनाको पीसीआर र ९ सय ५८ नमूनाको एन्टीजेन विधिबाट परीक्षण भएको थियो।

frontline

जसमध्ये पीसीआरबाट ३९ जना र एन्टीजेनबाट १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण आइतबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय १६ जना निको भएका छन् । 

हाल नेपालमा ३ सय ३३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here