बाढीले त्रियुगा नदीको पुलको बाँध भत्कियो
१८ असार, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पक्की पुलमा लगाएको बाँध बाढीले भत्काएको छ ।
बाँध भत्काएर करिब १० बिगाहा खेतमा बाढी पसेको छ ।
उद्घाटनअघि नै पुल भाँचिएपछि यस क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । वर्षायाम नजिकिंदै जाँदा पनि नदी वारपार गर्ने कुनै विकल्प नहुँदा उनीहरू ज्यान जोखिममा राखेर नदी तर्न बाध्य भएका छन् ।
पुल नहुँदा चौदण्डीगढी-५ स्थित सिवाई-बेल्हाका वासिन्दा बढी समस्यामा परेका स्थानीय भास्कर चौधरीले बताए ।
प्रतिक्रिया दिनुहोस्