बेदकोटले महाकाली प्रादेशिक अस्पताललाई १० लाख सहयोग गर्ने

बेदकोट नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई १० लाख सहयोग गर्ने भएको छ । सोमवार नगरपालिकामा बसेको बसेको बैठकले कोभिड १९ को रोकथाम नियन्त्रण र उपचारका लागि अस्पताललाई उक्त रकम सहयोग गरिने नगर प्रमुख अशोक चन्दले जानकारी दिएका छन ।

पछिल्लो समय कोरोनाको दोस्रो लहरले जिल्लामा पनि विस्तारै फैलिँदै गएको अवस्थामा कोभिड १९ को रोकथाम नियन्त्रण र उपचारका लागि महाकाली अस्पताललाई सहयोग गरिने उनले बताए ।

frontline

अस्पतालमा अक्सिजन ग्यासको व्यवस्थापन, आई.सि.यु.,भेन्टिलेटर , पिसिआर ल्याब संचालन र बिरामी उपचारका लागि आवस्यक पर्ने औषधी र स्वास्थ सामाग्री व्यवस्थापन गर्न बेदकोट नगरपालिकाको कोभिड १९ कोरोना कोषबाट रु दस लाख ( १०,०००००) महाकाली अस्पताललाई आर्थिक सहयोग अनुदान दिने निर्णय गरेको नगर प्रमुख चन्दले बताए ।

बेदकोट नगरपालीका सबै बिधालय बैशाख मसान्त सम्म बन्द गर्ने । बिबाह, व्रतबन्ध लगायत सामाजिक कार्य गर्दा स्वास्थ सामाग्री प्रयोग र भौतिक दुरि कायम गरि घरपरिवार भित्रका बढिमा १५ जना मात्र सहभागी हुने ।

भोज भतेर , डिजे, बैन्डबाजा, छलिया लगायत भिड भाड हुने प्रकृतिका कार्यक्रम पुर्णरुपमा रोक लगाउने। प्रभावकारी अनुगमन गर्ने र कार्यान्वयन गराउने । भेला गोष्टि तालिम, सास्कृतिक कार्यक्रम खेलकुद, बैठक सिमेनार सबै बन्द गर्ने अत्यावश्यक कामले मात्र घर बाहिर निस्किने , बाहिर जादा मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ।

होम क्वारेन्टाइन र होम आइसोलेसनमा बसेका व्यक्ति स्वास्थ मापदण्ड अनुसार बस्नुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here