कोलाेम्बियाको कारगारमा कैदीबन्दीबीचको दंगापछि आगलागी हुँदा ४९ जनाकाे मृत्यु

१५ असार, काठमाडौं । दक्षिण पश्चिमी कोलाेम्बियाको एउटा कारगारमा कैदीबन्दीबीचको दंगापछि आगलागी हुँदा ४९ जना कैदीबन्दीकाे मृत्यु भएकाे छ ।

साेही घटनामा ३० जना घाइते भएको कारागारका अधिकारीले बताएका हुन् । कोलोम्बियाको भाल्ले डल काउकाको टुलुवास्थित राष्ट्रिय कारागार निकायले कैदीहरूले नै आगजनी गरेको बताएको छ ।

frontline

त्यहाँ तैनाथ सुरक्षा गार्डले दंगामा हस्तक्षेप गर्न नसकून भनेर कैदीहरूले म्याट्रेस बालेको बताइएको छ ।

सरकारी अधिकारीले आगो नियन्त्रणमा लिइसकेको र घटनाको मौका छोपेर कोही पनि कैदीबन्दी भाग्न नसकेको दावी गरेका छन् ।

सो कारागारमा सामान्यतः १ सय ८० जना कैदी रहने गरेका थिए । गार्डहरूले कारगारमा जडित अग्निनियन्त्रण उपकरण प्रयोग गरेर केही कैदीको उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here