चट्याङ लागेर दुई जनाको मृत्यु

१४ असार, महेन्द्रनगर । कञ्चनपुरको पुर्नबास नगरपालिकामा मंगलबार बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

बर्षासँगै चट्याङ पर्दा पुर्नबास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले जानकारी दिए ।

frontline

खेतमा मेड हालिरहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

यता चट्याङ परेर पुर्नबास नगरपालिका–८ ‘क’गाउँका २५ वर्षीय शारदा थापाको पनि घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरी निरीक्षक मल्लका अनुसार थापाको खेतमा धान रोप्दै गर्दा ’खेतमा मेड लगाउने क्रममा चट्याङ लागेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृतक थापासँगै रहेका अर्का एक व्यक्ति समेत सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here