नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

फाइल तस्बिर

१४ असार, चितवन । वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहाज २ः४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

frontline

लेदो हटाएर बिहान ५ः१० बजे दुइतर्फी पुनः सञ्चालन गरिएको सडकमा पुन ६ः१० बजे लेदो झरेपछि एकतर्फी भएको थियो ।

अहिले ६ः३० बजेदेखि लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here