ललितपुर महानगरले ठेलामा चटपटे, पानीपुरी बेच्न रोक

१२ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा ठेला गाढामा पानीपुरी बेच्न रोक लगाएको छ ।

पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा बढेपछि ललितपुरका मेयर चिरिबाबु महर्जनले महानगरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका हुन् ।

frontline

सोमबारबाट ललितपुर महानगरपालिकाका नगर प्रहरीहरुले ठेलामा पानीपुरी बेच्नेहरुलाई महानगरबाट हटाएका छन् ।

महानगरका नगर प्रहरी प्रमुख सितारा हाछेथुका अर्को निर्णय नभएसम्म महानगरभरी ठेलामा पानीपुरी बेच्न पाइने छैन् ।

धेरै भीडभाड हुने क्षेत्र, करिडोर क्षेत्रमा पानीपुरी बेच्न प्रदूषित धुलोहरुले स्वास्थ्यमा असर पारिरहेको भन्दै उक्त क्षेत्रमा ठेलामा पानीपुरी, चटपटे बेच्न सँधैको लागि रोक लगाउने महानगरले आन्तरिक तयारी गरेको हाछेथुले बताए ।

‘आज दिनभरी हामी ठेलामा पानीपुरी बेच्नेहरुलाई सम्झाएर हटाउँछौं । भोलिबाट महानगरमा पानीपुरीको ठेला देखिँदैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here