लोकदोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत फेला

१२ असार, काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत भेटिएकी छन् । उनी काठमाडौंस्थित नेपालटारमा आफ्नै कोठामा मृत भेटिएकी हुन् ।

प्रहरीका अनुसार उनी अनुसार शनिबार राति करिब ११ बजे कोठमा मृत भेटिएकी हुन् । ३० वर्षकी गायिका सुनारको स्थायी घर सुर्खेत हो । मृत्यु अघि उनले जीवन कष्टकर अवस्थामा रहेको भन्दै स्टाटस लेखेकी थिइन् ।

frontline

अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । घटनाका सम्बन्धमा अनुसन्धानको क्रममा एक पुरुषलाई पक्राउसमेत गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here