शारीरिक अपाङ्गता भएका बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान-गोकर्णेश्वर

।गोकर्णेश्वर नगरपालिका वडा नं ६ नारायणटार स्थित खगेन्द्र नवजिवन मा.वि मा अध्यनरत शारीरिक अपाङ्गता भएका ७६जना  विद्यार्थीलाई छात्रवृत्ति स्वरूप  प्रति  बिद्यार्थी  ४० हजार रुपैयाको बराबरको चेक हस्तान्तरण   गरिएको छ। शुक्रबार एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमामा उक्त रकम वितरण गरिएको हो ।

खगेन्द्र नवजिवन मा.वि मा अध्यनरत शारीरिक अपाङ्गता भएका ७६जना  विद्यार्थीलाई हरेक वर्ष नेपाल सरकारबाट प्राप्त छात्रवृत्ति स्वरुप प्रती विद्यार्थी रु ४०,००० को दरले हस्तान्तरण गरिएको हो ।  उक्त बिध्यालयमा अध्यनरत शारीरिक अपाङ्गता भइ  देशका विभिन्न जिल्लाबाट आइ डेरा गरि बसेका वा विभिन्न छात्राबास मा शुल्क तिर्ने गरि बसेका ७६ जना विद्यार्थीहरुलाइ लक्षित गरि सो रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।

frontline

बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष एबम गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष समेत रहेका रमेश अर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा बिध्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका नारायण बहादुर सुवेदी , गोकर्णेश्वर नगरपालिका  युवा तथा खेलकुद शाखा प्रमुख बिजय आचार्य  ,गोकर्णेश्वर नगरपालिका वडा नं ६का वडा सदस्य एबम बिध्यालय व्यवस्थापन समितिका सदस्य नवराज लामा   लगायत शिक्षक , अभिभावक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

 चेक  हस्तान्तरण गर्दै कार्यक्रमका  प्रमुख  अतिथि गोकर्णेश्वर नगरपालिका  प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यवाद दिदै  बिद्यालयको बिकासमा नगरपालिकाको सहयोगमा कुनै कमि हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै अपाङ्गता भएका बिद्यार्थीहरु लाई बिधालयमा नै आवासीय भवन बनाउन सक्दो सहयोग र पहल गर्ने  जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here