म्याग्दीको एउटै गाउँपालिकामा २१६ वटा पहिरो,सबै वस्ती जोखिममा

फाइल तस्बिर

१० असार, म्याग्दी ।  जिल्लाको एउटै गाउँपालिकामा रहेका २१६ घर पहिरोका कारण वस्ती जोखिममा परेका छन्। स्थानीयले आफ्नो जिउधनको सुरक्षा नभएको गुनासो गरेका छन्। 

उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाका ८ वटा वडामा साना ठूला गरी २१६ वटा पहिरो रहेका र ती पहिरोका कारण बस्ती नै जोखिममा रहेकाले पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिरोको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएको गाउँपालिकाले जनाएको छ।

frontline

‘गाउँपालिका भित्र २१६ वटा पहिरोको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएका छौँ’, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘कुइने मंगले–८ मा रहेको चौरखानी, चिमखोलाको– ७ मालाङ, पाखापानी–६ रायखोर र दग्नाम–४ को पहिरो रोकथाम मुख्य प्राथमिकतामा छ।’

यसैगरी रघुघाट, गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धुपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बुडिचौर लगायत बस्ती बाढी र पहिरोको उच्च जोखिममा रहेका र ती बस्तीे संरक्षणका लागि स्थानीय तहले प्राथमिकताका साथ काम गर्ने र थप बजेटका लागि प्रदेश वा संघ सरकारसँग माग गरेर कार्य अघि बढाउने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले सधैं आश्वासन मात्रै बाढ्ने तर काम नगर्ने प्रवृत्तिले गर्दा दर्जन बढी वस्ती बाढी र पहिरोको उच्च जोखिममा रहेको नेकपा एमाले म्याग्दीका युवा नेता दीपक कार्की बताउँछन्।

‘बर्खा सुरू भएपछि वाढी र पहिरोका कारण सधैँ त्रसित र भयभीत रहने यहाँका बासिन्दा राति राम्रोसँग निदाउन पनि पाउँदैनन्। गाउँपालिका सधै आश्वासन बाँड्छ। काम गर्दैन।’

यसैगरी ५२ घर रहेको रघुगंगा ८ चौरखानीमा हाल ३० परिवारको बसोबास छ। पहिरोको त्रासकै कारण आधाले घर छोडेर बेनी, पोखरा, काठमाडौं लगायतका ठाउँमा गएर बसेका छन्। गत वर्ष गाउँको बीचमा ठाडो चिरा परेर गएको पहिरोले चौरखानीमा समुदायिक भवन र एउटा घर भत्केका वडासदस्य यामकुमारी घर्तीले बताइन्।

दुई किलोमिटर तल रघुगंगा नदीको किनारबाट सुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको छ। पहिरोले गाउँलाई चिरेर दुई भागमा विभाजन गरेको स्थानीय रैमान छन्त्यालले जानकारी दिए । रिने जोखिममा छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापरबाहीले निम्तिएको पहिरोले पुरिने जोखिम बढेको हो। ​

बस्तीमाथिको पाखोमा जथाभावी सडक खनेपछि पहिरो निम्तिएर गलेश्वपारिको ३० घरपरिवार जोखिममा रहेको स्थानीय मिम थकालीले बताए। वर्षात् हुनेबित्तिकै यहाँका बासिन्दा राति सुत्न पाएका छैनन् । विकासका नाममा निम्तिएको विनाशका कारण आफ्नो थाकथलो छोड्नुपर्ने अवस्था आएपछि यहाँका स्थानीयबासी चिन्तित बनेका छन्।

कमजोर भ–ूभागमा सडक बनाउन डोजरले जथाभावी भत्काउनु र त्यसपछि संरक्षणका पर्खाल र नाली समयममा नबन्दा पूरै पाखो खस्न थालेको छ। वर्षौंदेखि बसेको घर छाडेर हिँड्नुपर्ने अवस्था आउन लागेको छ। यहाँका कतिपय बासिन्दा घर छोडेर गलेश्वर बजारमा भाडामा कोठा लिएर बसेका स्थानीयवासी तिलबहादुर पुनले बताए।

दुई वर्ष अघिदेखि बस्तीमाथिको जमिन चर्किएर पहिरो खस्न थालेको थियो। हिउँदमा कुनै निकायले पनि संरक्षणको पहल नगर्दाको परिणाम यो बर्खामा देखिन थालेको भन्दै स्थानीयबासी आक्रोशित छन्।

बर्खामा बाढीले बाटो बन्द हुँदा खाद्यान्नलगायत सामग्री भरिया लगाएर लानुपर्दा गाउँमा खाद्यान्न सामान महँंगो भएको छ। बिरामी बोेकेर आएका एम्बुलेन्स तथा सवारीसाधन भासिने गरेका छन्।

सम्बन्धित निकायबाट पहिरो नियन्त्रण, भलबाढी व्यवस्थापन र बस्ती संरक्षणमा केही काम हुन नसकेका कारण बस्ती जोखिममा छ। बेनीदेखि उत्तरी क्षेत्रको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङको सिधा यातायातलाई बगिरहने पहिरोले अवरोध बनाउँदै आएको छ। निर्माण व्यवसायीको लापरबाहीले उत्तरी भेगका सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।

यसैगरी रघुगंगा गाउँपालिका–३ पिप्ले गलेश्वरका २१ घर जोखिममा परेका छन्। भिरालो पाखोमा सडक खनेपछि पहिरो जाँदा ती घर जोखिममा परेका हुन्।  गलेश्वर–भगवती–बेग सडक कालोपत्र गर्ने क्रममा भिरालो पाखोमा सडक खनिएको थियो । दुई किलोमिटर सडक खण्ड खनिएको सती पहरादेखि च्युडी स्वारासम्मको क्षेत्रमा भूक्षय हुन थालेपछि बस्ती जोखिममा परेको हो।

चुडी स्वाँरामा दुई वर्षअघिसम्म गाडी गुड्ने सडक थियो । तर अहिले नामोनिसान देखिँदैन । निर्माणको दुई वर्षसम्म पनि नियामक पूर्वाधार विकास कार्यालय र ठेकेदार कम्पनीले पहिरो रोकथाममा कुनै काम नगर्दा असुरक्षा बढेको यहाँका बासिन्दा बताउँछन्।

गाउँपालिकामा रहेका सबै २१६ वटा पहिरोको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको र स्थानीय तहले पनि पहिरो नियन्त्रण तथा रोकथामका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here