जितपुर-सिमराका तत्कालीन प्रशासकीय अधिकृत सेढाईँविरुद्ध भ्रष्टाचार मुद्दा

१० असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जितपुर-सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत शिवराज सेढाईँविरुद्ध विशेष अदालतमा भ्रष्टारचार मुद्दा दायर गरेको छ।

सेढाईँले बलगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्पनन्, संकलन तथा बिक्री गर्नेगरी न्यु पाथिभरा सप्लायर्ससँग सम्झौता गर्दा एक करोड २० लाख २८ हजार ९० रुपैयाँ भ्रष्टाचार गरेको आयोगको ठहर छ।

frontline

आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७(क) बमोजिमको कसुर भएकाले सेढाईँलाई सोही ऐनको दफा ३ को उपदफा (१)को देहाय (झ) बमोजिम कैद सजाय हुन मागदाबी गरिएको छ। 

त्यस्तै पाथिभरा सप्लार्यसका प्रोपाइटर मिराकुमारी श्रेष्ठलाई सोही रकमको मूल्य अभिवृद्धि करबापत आउने ४६ लाख ४४ हजार ५१० रुपैयाँसहित एक करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ कायम गरी सोही ऐनको दफा ८(४) बमोजिम सजाय र उक्त बिगो दफाबमोजिम जफत हुन मागदाबी गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here