ललितपुर महानगरका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप दिइँदै

१० असार, काठमाडौं । ललितपुर महानगरपालिकामा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप दिइँदै छ ।

काठमाडौं महानगरपालिकामा भने बालबालिकाहरुलाई बिहीबारदेखि नै कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको थियो ।

frontline

ललितपुर महानगरपालिकाले जारी गरेको सूचना अनुसार शनिबार बाहेक असार १० गतेदेखि १५ गतेसम्म विद्यालय वा वडास्थित स्वास्थ्य संस्थामा खोप कार्यक्रम सन्चालन हुने छ ।

आज असार १० गते वडा नम्बर १, २ र ३ का बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप दिइने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए ।
असार १२ गते वडा नम्बर ४, ५, ६ र ७ मा, असार १३ गते वडा नम्बर ८, ९, १०, ११, १२, १३ र १४ मा खोप कार्यक्रम सन्चालन हुने छ ।

यस्तै असार १४ गते वडा नम्बर १५, १६, १७, १८, १९, २०, २१ मा तथा असार १५ गते वडा नम्बर २२, २३, २४, २५, २६, २७, २८ र २९ वडामा खोप कार्यक्रम सन्चालन हुने छ ।

खोप कार्यक्रम बिहान ११ बजेदेखि ४ बजेसम्म हुने ललितपुर महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here