सुर्यबिनायकमा मोटरसाइकल र ट्रिपर ठोक्किँदा दुई जनाको मृत्यु

९ असार, भक्तपुर । सुर्यबिनायक नगरपालिका–८ आर्दशचोक नजिकै बिहीबार बिहान सवा २ बजे मोटरसाइकल र ट्रिपर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

सुर्यविनायकबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको ट्रिपर आपसमा ठोक्किँदा मोटरसाइलमा सवार दुई जना पुरुषको मृत्यु भएको हो ।

frontline

अन्दाजी २० वर्षका जस्ता देखिने दुवै घाइतेको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो । मृतक दुवैको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ट्रिपर र ट्रिपर चालकलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here