‘म इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिन,बरु एक बर्ष जेल हाल्ने भनेको छ, जेल जान तयार छु : भीम रावल

फाइल तस्बिर

८ असार, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका छन् ।

बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनले सरकारले जेल हाले पनि आफू इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताए ।

frontline

‘म इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिन । बरु सरकारले एक बर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक बर्ष जेल जान तयार छु’ उनले भने ।

सरकारले बागमती र गण्डकी प्रदेशमा नयाँ दर्ता हुने र नवीकरण गर्ने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको छ ।

तर इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर रहेको, इम्बोस्ड नम्बर प्लेट बनाउने कम्पनीसँग आर्थिक लेनदेनमा जबर्जस्ती जडान गराउन खोजेको भन्दै विरोध भइरहेको छ ।

यस विषयमा छलफल गर्न समितिले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई बोलाएको थियो ।

तर उनी विना जानकारी अनुपस्थित भएको समिति सभापति निरादेवी जैरुले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here