वायुसेवा कम्पनीलाई हवाई उडान नरोक्न नागरिक उड्डयन प्राधिकरणको चेतावनी

फाइल फोटो

७ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई हवाई उडान नरोक्न चेतावनी दिएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने निर्णय सुनाएको थियो ।

frontline

संघको निर्णय बाहिर आए लगत्तै प्राधिकरणले पनि पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘धाक धम्की यहाँ चल्दैन, हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन ।’

यसअघि वायुसेवा कम्पनीलाई आफ्ना जहाजहरुको रात्री बिसान काठमाडौं बाहिरका विमानस्थलमा राख्न अनिवार्य गरिएपछि वायुसेवा कम्पनी आन्दोलित बनेका छन् ।

प्राधिकरणले भने कुनै पनि कम्पनीलाई लक्षित नभई सबै वायुसेवा कम्पनीलाई यो नियम ल्याइएको भन्दै कार्यान्वयन हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here