नेपालको लगातार तेस्रो जित
६ असार,काठमाडौं । नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो ।
नेपाल समूह बी मा ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । नेपाल शीर्ष दुईमा रहँदै समूह बी बाट सेमिफाइनलमा पुग्ने पक्का भएको हो ।
नेपालले मंगलबार हङकङसँग खेल्नेछ । समूह बी मा अव हङकङ र कुवेत मध्य एक टोली सेमिफाइनलमा भिड्नेछन् । हङकङले नेपाल र कुवेतसँग खेल्न बाँकी छ ।
समूह बी मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् । फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् ।
जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन् । नेपाल पनि प्रतियोगितामा उपाधिको प्रमुख दाबेदार टोली हो ।
हङकङ २ खेलमा ४ अंकका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ । कुवेत २ खेलमा १ अंकका साथ तेस्रो स्थानमा छ । बहरानइ ३ खेलमा १ अंकका साथ चौथो र भुटान अंक बिहीन हुँदै पुछारमा छ ।
समूह बी मा मलेसिया २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । युएई ४ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा छ । कतार २ अंकका साथ तेस्रो, ओमान १ अंकका साथ चौथो र सिंगापुर अंक बिहीन हुँदै पुछारमा छन् ।
प्रतिक्रिया दिनुहोस्