काठमाडौं महानगरका मेयर शाहले ल्याए पहिलो नीति तथा कार्यक्रम

फाइल तस्बिर

६ असार,काठमाडौं । आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रम ल्याए ।

बुधबार राष्ट्रिय सभागृहमा ११औं नगरसभाको बैठकमा नीति तथा कार्यक्रमले उनले चुनावकै बेला गरेका वाचाहरुलाई पछ्याउँदै  नीति तथा कार्यक्रम ल्याएका हुन् ।

frontline

बानेनले ल्याएको नीति तथा कार्यक्रममा त्यस्ता धेरै घोषणाहरु छन्, जो चुनाव ताका बालेन र अन्य राजनीतिक दलहरुले आफ्नो घोषणापत्रभित्र समेटेका थिए ।

१४ जेठमा निर्वाचित भएका बालेनले छोटा अवधिमा चुनावी घोषणापत्रका वाचा र विभिन्न विज्ञ र सरोकारवालहरुको सुझावलाई समेटेर कार्यक्रम तयार गरेका छन् ।

उनले वडाध्यक्षहरुबाट समेत सहयोग लिनसक्ने गरी नीति तथा कार्यक्रममा अन्य दलका कार्यक्रमलाई पनि स्थान दिएका छन् ।

‘काठमाडौंको इतिहास, संस्कृति, सम्पदा र सभ्यताको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्नु हाम्रो पहिलो कर्तव्य हुन आएको छ, संस्कृतिमा आधारित पर्यटन काठमाडौंको सम्भावनाको पहिलो क्षेत्र हो,’ नीति तथा कार्यक्रममा उनले भनेका छन्,’ सुरक्षित सहरीकरण र सहरी सुव्यवस्था काठमाडौंको लागि अर्को सुधार गर्नुपर्ने क्षेत्र देखिएको छ ।’

नीति तथा कार्यक्रममा काठमाडौंको फोहर व्यवस्थापनको दीगो र वैज्ञानिक व्यवस्थापन प्रस्थान विन्दु बनेको भन्दै सरल र सहज तरिकाको सेवा प्रवाहका लागि सूचना गर्ने र  प्रविधिको उच्चतम प्रयोग, स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरण विकास गरी काठमाडौंलाई बस्न योग्य सहर बनाउने ध्येयमा महानगर अघि बढेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here