बसका सहचालक खहरे खोलामा चिप्लिएर बेपत्ता

फाइल तस्बिर

५ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् ।

इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना६ख ७४६३ नंको बसका सहचालक आइतबार बिहान  चिप्लिएर बेपत्ता भएका हुन्।  

frontline

कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहोरा खहरेखोलामा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बसबाट झरेर चाउचाउ किन्न गएका बोहोराको एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ। अहिले बोहोराको खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली परिचालन गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here