बेँसीसहर ६ खरखरेमा ठूला-ठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध, यात्रु अलपत्र

फाइल तस्बिर

४ असार, काठमाडौं । शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको यस सडकमा अविरल वर्षासँगै बेँसीसहर नगरपालिका-६ खरखरे भीरमा आज बिहान पहिरो खसेको छ। पहिरोले पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ।

खरखरे भीरमा ठूला-ठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध बनाएपछि यात्रु बिहानदेखि नै बाटोमै अलपत्र परेका छन्।

frontline

हल्का पानी पर्दा पनि खरखरे भीरमा पहिरो जाने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।

केही दिनयता भने ठूलो पहिरो गइरहेको उनले बताए। आज बिहानको पहिरोले १०-१५ मिटर सडक अवरुद्ध भएको छ।

अहिले डुम्रे-बेँसीशहर-चामे सडक योजना कार्यालयको स्काभेटरले पहिरो पन्छाइरहेको छ । तर, सडक खुल्न भने समय लाग्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here