साँझ ५ बजे मन्त्री परिषद्को बैठक बस्दै, निषेधाज्ञाको निर्णय हुने
फ्रन्टलाइन, देशकाल । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरुको बैठकले निषेधाज्ञाको निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद् बैठकलाई नै दिने निर्णय गरेको छ ।
आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकलाई नै लकडाउन वा निषेधाज्ञाको निर्णय गर्ने जिम्मा दिइएको बैठकमा सहभागी एक प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।
उनले काठमाडौं देशकै राजधानी भएकोले यहाँको विषयलाई मन्त्रिपरिषद्बाटै निर्णय हुनुपर्ने बताए । हिजो आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी तथा हिमाली क्षेत्रमा दुई सय र सहरी क्षेत्रमा पाँच सय बढी संक्रमित भएमा स्थानीय प्रशासनले निषेधाज्ञा तथा लकडाउन गर्न पाउने निर्णय गरेको थियो ।
उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमित पाँच सय माथि संक्रमित छन् । बैठकले काठमाडौं उपत्यकामा सार्वजनिक र निजी यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । निर्णय वैशाख १६ गतेको मध्यरातिबाट लागु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्