अमेरिकी दूताबासलाई लेखिएको पत्रबारे सेनाले भन्यो, “भूकम्पमा सहयोगका लागि लेखिएको हो”
२ असार, काठमाडौं । तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षत्रीले सन् २०१५ मा अमेरिकी दूताबासलाई लेखेको पत्रबारे नेपाली सेनाले धारणा सार्वजनिक गरेको छ ।
दूताबासलाई लेखेको पत्र आधिकारिक भएको जंगी अड्डाले स्पष्ट पार्दै त्यसबेला विशेष परिस्थिति भएको जनाएको छ ।
२०७२ को भूकम्पपछि उद्धारमा सहयोग गरेको अमेरिकी मित्रराष्ट्रलाई थप सहयोगका लागि अनुरोध गरिएको सो पत्रमा एसपीपी सम्झौताका लागि कुनै आग्रह नगरिएको सेनाले स्पष्ट पारेको हो ।
सेनाका प्रवक्ता नारायण सिलवालले भने, ‘सार्वजनिक भएको पत्र सन् २०१५ मा भूकम्प गएपछि नेपालले सबैतिर सहयोग माग्दा लेखिएको पत्र हो ।
त्यसबेला अमेरिकासँग पनि मागेको हो । त्यहाँ सहयोग माग्ने क्रममा पत्र लेखिएको हो । उनीहरुको अनुभवका कारण सहयोग लिन खोजेको हो । त्यो बेलामा आईपीएस पनि थिएन । अहिलेको अवस्थामा फरक तरिकाले व्याख्या गरिएको छ ।’
क्षत्रीले सन् २०१५ को अक्टोबर २७ (२०७२ को कात्तिक १०) मा नेपाली सेनाको तर्फबाट नेपालस्थित अमेरिकी राजदूत अलाइन बी. टेप्लिजलाई सम्बोधन गर्दै एसपीपीको सम्बन्धमा पत्राचार गरेको पत्र आज सार्वजनिक भएको थियो ।
प्रतिक्रिया दिनुहोस्