सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम भने घट्यो

२ असार, काठमाडौं । सेयर बजारमा सामान्य करेक्सन भएको छ।

साताको पहिलो कारोबार दिनदेखि उचारचढावमा रहेको नेप्से बिहीबार दोहोरो अंकले वृद्धि भएको छ । यसदिन नेप्से १२.५७ अंकले वृद्धि भएर १९७८.९४ विन्दुमा बन्द भएको छ।

frontline

आज सेन्सेटिभ इन्डेक्स पनि ३.१० अंकले बढेर ३८२.०० विन्दुमा अडिएको छ।

यसअघि बुधबार  नेप्से २९.८९ अंकले घटेर १९६६.३७ विन्दुमा बन्द भएको थियो।  

आज नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने अघिल्लो कारोबारको तुलनामा घटेको छ। यसदिन १ अर्ब १८ करोड ७१ लाख ४५ हजारको सेयर कारोबार भएको छ। बुधबार १ अर्ब ४९ करोड बढीको कारोबार भएको थियो।

आज २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता सेयर २५ हजार ५८५ पटक खरिदबिक्री भयो।

सेयर बजामार सामान्य करेक्सन आएपछि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ। 

आँधीखोला लघुवित्त वित्तीय र  रिभर फल्स पावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको हो।

कारोबारमा आएका १३ समूहमध्ये १२को सूचक उकालो लागेको छ। अदर्श समूहको सर्वाधिक २.५२ प्रतिशतले मूल्य बढ्यो ।

ट्रेडिङको १.४८ प्रतिशतले मूल्य उकालो लाग्दा बैंकिङ, होटल एन्ड टुरिजम, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स, नन लाइफ इन्सुरेन्स, मनु एन्ड प्रो, माइक्रो फाइनान्स, लाइफ इन्सुरेन्स र म्युचुअल  फण्डको ०.०७देखि ०.९४ प्रतिशतसम्म  बढ्यो।

कारोबार रकमका आधारमा नेपाल दूरसंचार कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको १३ करोड ८८ लाख बढीको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here