नवनिर्मित वडा नं ४ भवन उदघाटन काठमाण्डौ महानगरपालिका

 काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा ४ को नव निर्मित भवनको उद्घाटन गरेका छन्।

२०७५ माघ १८ गते निर्माण पक्षलाई कार्यादेश दिएर २८ गते शिलान्यास गरेर करीब ३ करोड ५५ लाख २५ हजार रुपैयाँ लागतमा  काठमाडौंको मौलिकता झल्कने  साढे ३ तले भवनको क्षेत्रफल करीव ७ हजार स्क्वायर फिटमा फैलिएको छ।

frontline

भवन उद्घाटन  पछि बोल्दै प्रमुख शाक्यले, समृद्ध भौतिक संरचनाबाट चुस्त सेवा प्रवाह हुने विश्वाश व्यक्त गर्दै भवनको भव्यतालाई चुस्त सेवाले सार्थक बनाउने बताएका थिए ।

त्यस्तै  प्रदेश सभा सदस्य नारायण सिलवालले काठमाडौँ महानगरले उपयुक्त योजनामा खर्च गरेकोले वडा भवन निर्माण हुन सकेको उल्लेख भन्दै  वडा कार्यालयहरु सरकारका सेवा केन्द्र रहेको धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here