संसदीय समितिद्वारा अमेरिका भ्रमणका बारेमा प्रधानमन्त्रीसँग छलफल गर्ने

फाइल तस्बिर

३० जेठ, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणका बारेमा जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएको छ ।

समितिको बैठकले प्रधानमन्त्रीलाई छलफलका लागि असार ५ गतेको बैठकमा बोलाउने निर्णय भएको समिति सभापति पबित्रा निरौला खरेलले जानकारी दिइन् ।

frontline

त्यसअघि ३ गते समितिले नेपालको परराष्ट्र नीतिबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रधानमन्त्री र परराष्ट्र मन्त्री दुबैलाई समितिमा उपस्थित हुन पत्राचार गरिने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here