कम्प्युटर एकाउन्टिङ प्याकेज तालिम सम्पन्न टोखा नगर

युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले टोखा नगरपालिकामा संचालित कम्प्युटर एकाउन्टिङ प्याकेज तालिम प्रमुख प्रकाश अधिकारीले समापन गर्नुभएको छ ।

सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ नगरपालिकाले विभिन्न सिपमूलक तालिमहरु सञ्चालन गरिरहेको बताउनुभयो ।

frontline

अधिकारीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न सहभागीहरुलाई आग्रह गर्नुभएको थियो ।
तालिममा प्लस टु उत्रिर्ण गरेका युवा तथा विद्यार्थीहरु र स्नातक तह उत्रिर्ण गृहिणी महिलाहरुको सहभागिता रहेको टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिनुभयो ।
गत चैत्र २२ गतेदेखी तालिम संचालन भएको थियो ।
कम्प्युटरका विविध विषयहरु, आयकर, भ्याट लगायत लेखा संग सम्बन्धीत विषयहरुलाई समेटेर सहभागीहरुलाई तालिम दिइएको उपप्रमुख डंगोलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here