फोहोर व्यवस्थापनका विषयमा भोलि स्थानीय वासिन्दासँग छलफल
२६ जेठ, काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा शुक्रबार स्थानीय वासिन्दासँग छलफल हुने भएको छ ।
काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तह, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिसँगै स्थानीय वासिन्दा पनि छलफलमा सहभागी हुने शहरी विकास मन्त्रालयले जनाएको छ ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीका प्रेस संयोजक विष्णु राईगाईंका स्थानीय वासिन्दा, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहितको सर्वपक्षीय छलफल हुन लागेको हो ।
‘मन्त्री रामकुमारी झाँक्री सहित मन्त्रालयका सचिव, महाशाखा प्रमुख पनि वार्तामा बस्छन् । भोलिको बैठकले केही ठोस निर्णय गर्ला’ उनले भने ।
यसअघि गत सोमबार शहरी विकास मन्त्रालय, उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि र बञ्चरेडाँडा क्षेत्र पर्ने धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिबीच सहमति भएको थियो ।
तर उक्त सहमतिमा स्थानीय वासिन्दाले चित्त नबुझाएपछि फोहोर लिएर गएका ट्रकमा अवरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्