कान्तिपुर डेन्टल हस्पिटलमा सातै दिन दाँतको उपचार

२६ जेठ, काडमाडौं । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले सातै दिन दाँतको उपचार सेवा दिन सुरु गरेको छ ।

बसुन्धरामा रहेको कान्तिपुर डेन्टल कलेजले यसअघि सातामा ६ दिन र शनिबार आधा दिनमात्रै दाँतको उपचार सेवा दिँदै आएको थियो ।

frontline

तर, पछिल्लो केही दिनयता भने कान्तिपुर डेन्टल कलेजले सातै दिन दन्त उपचार सेवा दिन सुरु गरेको हो ।

बिरामीलाई समयमै सहज सेवा दिने  उद्देश्यका साथ सातै दिन उपचार सेवा सुरु गरिएको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरकी निर्देशक डा. प्रतीक्षा श्रेष्ठ जानकारी दिइन् ।

उनका अनुसार सातै दिन बिहान ९ देखि साँझ ६ बजेसम्म दाँतको उपचार सेवा सञ्चालदन भइरहेको छ ।

‘बिरामीले समयमै सहज रूपमा उपचार सेवा पाउन सकून् भनेर सातै दिन सेवा दिन थालेका हौं,’ निर्देशक श्रेष्ठले भनिन् ।  

कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर दन्त उपचार सेवामा अब्बल अस्पतालमा मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here