४५.५९ अंकले घट्यो नेप्से परिसूचक

२४ जेठ,काठमाडौं । सेयर कारोबारको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ।

आज नेप्से परिसूचक ४५.५९ अंकले घटेर २०२०.२३ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ११ अंक बढीले घटेको छ।

frontline

यसअघि सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको थियो। सो दिन नेप्से १२.९२ अंकले घटेर २०६५.७८ विन्दुमा पुगेको थियो।

सो दिन २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता सेयर १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २२७ रुपैयाँमा कारोबार भएको थियो।

आज २३४ कम्पनीको ३८ लाख  ८७ हजार ७४८ कित्ता सेयर १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६३ रुपैयाँमा कारोबार भयो।

दोहोरो अंकले घटेको सेयर बजारमा सोमबारको तुलनामा कारोबार रकम केही बढेको हो।

यसदिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। उपकार लघुवित्त वित्तीय र बलेफी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो। यस्तै, दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो।

यसदिन कारोबारमा आएका १३ समूहको सूचक ओरालो लाग्यो। बैंकिङ, डेभलपमेन्ट बैंक,फाइनान्स, मनु एन्ड प्रो, अदर्श,इन्भेस्टमेन्ट समूहको सूचक दुई प्रतिशत बढीले  घट्यो।

यस्तै, ट्रेडिङ, होटल्स एन्ड टुरिजम,नन लाइफ इन्सुरेन्स, माइक्रो फाइनान्सको सेयर मूल्य १ प्रतिशत बढीले ओरालो लाग्यो।

सोमबार १३ समूहमध्ये ६ समूहको सूचक बढ्दा ८ कम्पनीको सूचक ओरालो लागेको थियो।

आज कारोबार रकमका आधारमा एनआईसी एसिया अग्रस्थानमा रह्यो। सो बैंकको ६ करोड बढीको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here