पुल तर्न लगाइएको कर फिर्ता बागलुङ नगर
बागलुङ नगरपालिकाले नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक सूचना मार्फत पुलमा लगाइएको पूर्वाधार उपयोग कर अर्को व्यवस्था नभएसम्मका लागि फिर्ता भएको जनाएको छ । संसारकै लामो मानिएको बागलुङ–पर्वत जोड्ने पुलमा लगाईएको प्रवेश शुल्क बागलुङ नगरपालिकाले फिर्ता लिएको छ ।
वैशाखमा ७ बाट पूर्वाधार उपयोग करका रुपमा नगरले रकम संकलन गर्न थालेपछि चौतर्फी विरोध भएको थियो । प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले सूचना प्रकाशन गरेर कर लिने काम फिर्ता गरिएको जानकारी गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस्