अब फोहोर छिट्टै व्यवस्थापन हुन्छ, अहिलेसम्म पाउनु भएको दुःखका लागि क्षमाप्रार्थी छौँ : बालेन्द्र शाह

फाइल तस्बिर

२४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले अब महानगरको फोहोर छिट्टै व्यवस्थापन हुने बताएका छन् ।

आज बिहान सामाजिक सञ्जालमार्फत उनले अहिलेसम्म फोहोर थुप्रिएकोप्रति क्षमा माग्दै उनले अब थुप्रिन नदिने बताएका हुन् । 

frontline

‘अब फोहोर उठ्नेछ । यो सबैको लागि निःसन्देह खुसीको खबर हो । अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुःखका लागि क्षमाप्रार्थी छौँ ।

साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुख दिँदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा हृदयदेखि नै धन्यवाद छ,’ बालेनले लेखेका छन् ।   

उनले हाल महानगरभित्र थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन गरिसक्ने प्रतिबद्धता पनि जनाएका छन् । त्यसका लागि मेयर शाहले महानगरवासीसँग सहयोग पनि माग गरेका छन् ।

‘समाधान तपाईँहरूको साथबिना सम्भव हुँदैन । यसैले हामी आग्रह गर्छौँ कि अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरू छुट्टिएर निस्किऊन्,’ मेयर शाहले भनेका छन्, ‘कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ ।’  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here