कनकाईको एघारौँ नगरसभा सम्पन्न

फ्रन्टलाइन, झापा । झापा जिल्लाको कनकाई नगरपालिकाको एघारौँ नगरसभा सम्पन्न भएको छ । नवनिर्वाचित जनप्रतिनिधि प्राप्ती पछिको पहिलो र नगरपालिका गठन भएपछिको एघारौँ नगरसभा सम्पन्न भएको हो । विविध महत्वपुर्ण विषयमा छलफल र निर्णय गर्दै नगरसभा सम्पन्न भयो ।
नगरसभाको उद्घाटन सत्रमा कार्यपालिकाद्धारा गठित विभिन्न समितिको अनुमोदन भएको छ । नगरसभाको पहिलो सत्रमा विभिन्न ८ वटा समिति गठन गरी अनुमोदन गरेको नगरपालिकाले जनाएको छ । ति समितिहरु मध्ये कार्यपालिका मातहतको विषयगत ५ वटा समिति छन् भने नगर सभा अन्तर्गतका ३ वटा विषयगत समिति गठन भई अनुमोदन गरिएको छ । समिति गठनसँगै विषयगत संयोजकसहित सदस्यहरु समेत सर्वसम्मत रुपमा चयन गरिएको नवनिर्वाचित नगरप्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो ।
नवनिर्वाचित नगर उपप्रमुख आशा शिवाकोटीको संयोजकत्वमा रहने न्यायिक समितिको सदस्यमा नवलकिशोर दत्त र बलराम राई(प्रताप) रहेका छन् । यस्तै नगरसभा विषयगत विभिन्न ३ वटा समिति अन्तर्गत सार्वजनिक लेखा समितिको संयोजकमा भगन टुडु र सदस्यहरुमा सुष्मा परियार, हरिकुमार राई र अरुणा सुब्बा रहेका छन् । यस्तै सावित्रादेवी बर्देवाको संयोजकत्वमा रहने सुशासन समितिमा भक्तवहादुर विष्ट, सन्तोष सोरेन र डिल्लु उप्रेती सदस्य चयन भएका छन् । यस्तै विधायन समितिको संयोजकमा निर्मला खड्का पौडेल र सदस्यहरुमा शेषप्रसाद प्रसाईँ, निर्मल आङथोपो र राधाकुमारी विश्वकर्मा रहेका छन् ।
कार्यपालिकाको विषयगत ५ वटा समिति अन्तर्गतको सार्वजनिक लेखा तथा क्षमता विकास समितिको संयोजकमा लक्ष्मी कट्वाल चयन भएकी छन् भने सदस्यहरुमा कविता विक, दलवहादुर थापा र गोविन्द सुवेदी सर्वसम्मत भएका छन् । त्यस्तै आर्थिक विकास समितिको संयोजकमा कृष्णमाया भुजेल चयन भएकी छन् भने सदस्यहरुमा नरहरी थपलिया, मोहनप्रसाद संग्रौला र कल्पना विक रहेका छन् ।

यस्तैगरि सामाजिक विकास समितिको संयोजकमा नवलकिशोर दत्त, सदस्यहरुमा अर्जुनकुमार राजवंशी, गोविन्द कार्की र तारा दमाईँ सर्वसम्मत चयन भएका छन् । पूर्वाधार विकास समितिको संयोजकमा नरादेवी मगर चयन भएकी छन भने सदस्यहरुमा अनिलकुमार गोयल, नरमान श्रेष्ठ र मन्दिरा विक सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तै वन, वातावरण तथा विपत व्यवस्थापन समितिको संयोजकमा चेता राई र सदस्यहरुमा बलभद्र ढुङ्गेल, कुमारी द्रौपदी गौतम र सुलभ भण्डारी सर्वसम्मत रुपमा चयन भए ।

frontline

नगर प्रमुख पोखरेलको सभापतित्वमा सम्पन्न नगरसभा कार्यक्रममा उपप्रमुख आशा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, कार्यपालिका सदस्यहरु, निर्वाचित जनप्रतिनिधिहरु, कर्मचारी एवम् मिडियाकर्मीको उपस्थिती रहेको थियो । अब नगर सभाको दोस्रो सत्र असार ३ गते नीति तथा कार्यक्रममा छलफल सहित सम्पन्न गर्ने कार्यतालिका तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here