लालबन्दीमा १० करोड लगानीमा डिपार्टमेन्ट स्टोर संचालन

सर्लाहीको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा करिव १० करोड लगानीमा वुधवारबाट डालीमार्ट नामक डिपार्टमेन्ट स्टोर संचालनमा आएको छ ।

लालबन्दीमा २०५२ सालदेखि व्यवसाय गर्दै आएका हरिवन नगरपालिका–११, निवासी युवा व्यवसायी अर्जुन रायमाझीले एकल लगानीमा लालबन्दी नगरपालिका–७, स्थित मरिण चौक नजिक सो डिपार्टमेन्ट स्टोर संचालनमा ल्याएका हुन् । डिपार्टमेन्ट स्टोरको वुधवार बिहान पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, प्रदेश सभा सदस्य बेची लुंगेली, लालबन्दीका जनप्रतिनिधि, व्यवसायी, समाजसेवीलगायतको उपस्थितिमा उदघाटन गरिएको हो ।

frontline

डिपार्टमेन्ट स्टोरमा खाद्यान्न, किचेन, इलेक्ट्रोनिकलगायत गरी ७ हजार प्रकारको सरसामग्री राखिएको संचालक रायमाझीले बताए । उद्घाटनका अवसरमा समान अनुसार १५ प्रतिसतसम्म छुटको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

उद्घाटनका दिन मात्रै छुट दिने घोषणा गरेपनि सेवाग्राहीको अत्यधिक चाप रहेकाले एक हप्तासम्म नै छुट दिइने रायमाझीले उज्यालो अभियानसँग बताए । व्यवसायी रायमाझीले उदघाटनकै अवसरमा सेवाग्राहीको अत्यधिक चाप देखेर अत्यन्त उत्साह जागेको भन्दै खुशी समेत व्यक्त गरेका छन् ।

उनले वुधवारमात्रै ३ हजार बढी ग्राहक डिपार्टमेन्ट स्टोरमा किनमेलका लागि आएका दावी गरेका छन् । उनले अहिले (वुधवार) साँझसम्म नै ग्राहकको अत्यधिक चाप रहेकाले राती अबेरसम्म नै डिर्पाटमेन्ट स्टोर खोल्ने तयारी बताए ।

लालबन्दीमा झण्डै तीन दशकदेखि इँटा भट्टा, हार्डवेयरलगायतको व्यवसाय गर्दै आएको आफूले यहाँका नागरिकलाई हरेक सरसामग्री सुपथ मूल्यमा उपलब्ध गराउनका लागि डिपार्टमेन्ट स्टोर संचालन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here