प्रतिनिधि सभा बैठक सुरु, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै
१२ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु भएको छ । आजबाट संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “सम्माननीय राष्ट्रपति महोदयले २०७९ जेठ १० गते मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०७९/०८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका छन् ।
त्यसपछि उक्त नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची रहेको छ । अहिले विपक्षी दलका नेता केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
संसदमा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने जनाइएको छ ।
यसका साथै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले “कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकोवार्षिक प्रतिवेदन, २०७९” पेश गर्ने कार्यसूची पनि रहेको छ ।
यसैगरी महिला तथा सामाजिक समितिका सभापति निरु देवी पालले “महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन, २०७९” पनि पेश गर्ने कार्यसूची रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्