धरानका मेयर हर्कराज राई मर्मत गर्न आफैं पुगे खानेपानीको मुहान

फाइल तस्बिर

११ जेठ, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई आफैं खानेपानी मुहान मर्मत गर्न पुगेका छन्।

खानेपानीको चरम अभाव भएको धरानमा मेयरको कार्यभार सम्हालेका राई बुधबार सर्दुखोलाको मुहानमा गएर खानेपानी मुहानको मर्मतमा खटिएका हुन्।

frontline

मेयर राइले खानेपानी ब्यवस्थापन बोर्डका कर्मचारीसहित पुगेका आफैं मर्मत सामाग्रीसमेत बोकेर लगेका थिए।

उनले तत्काल खानेपानीको चुहावट रोकि धरानबासिलाई पर्याप्त पानी वितरण गर्न खानेपानी बोर्डका प्रमुख इन्जिनियर राजु पोखरेललाइ निर्देशन दिएका छन्।

उनले सर्दु, खर्दु, तामाखाम खोलाको सबै पानी जम्मागरी धरानका प्रत्येक घरमा पुर्याउन कर्मचारीलाई निर्देशन दिएका छन्।

मेयर राइले आफ्नो पाँच वर्षको कार्यकालमा धरानको खानेपानी समस्या समाधान गर्न नसके धरान छाडेर अन्यत्र जाने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here