फेरि बढ्यो पेट्रोलको मूल्य

९ जेष्ठ, काठमाडौं । सरकारले फेरि पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार नेपाल आयल निगमले विज्ञप्ति जारी गर्दै आइतबार राति १२ पछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरिएको छ ।

केही दिनअघि १७० रुपैयाँ पुर्याइएको पेट्रोलको भाउ अब १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको भाउ १६३ रुपैयाँ पुर्याइएको छ ।

frontline

ह्वाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १६६ रुपैयाँ बढाइएको छ भने ह्वाई इन्धन (बाह्य) तर्फ १.५४५ यूएस डलर पुर्याइएको छ ।

यस्तै, एलपी ग्याँस प्रतिसिलिण्डर १ हजार ८ सय रुपैयाँ पुर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here