३० वर्षे सेवावधि पश्चात वन सचिव डा. ओलीको बिदाई

फ्रन्टलाइन देश काल । निजामती सेवाको आफ्नो ३० वर्षे सेवावधि पूरा गरी हिजो अनिवार्य अवकाश पाएका वन तथा वातावरण सचिव डा. विश्वनाथ ओलीलाई आज मन्त्रालयमा बिदाइ गरिएको छ ।

वनमन्त्री प्रेमबहादुर आलेले डा. ओलीलाई बिदाइ गर्दै उहाँ एक विज्ञ तथा मन्त्रालयका लागि योग्य व्यक्ति भएकाले मन्त्रालयलाई उहाँको आवश्यकता सधैँ पर्ने बताउनुभयो ।

frontline

सेवानिवृत्त डा. ओलीले निजामती सेवामा प्रवेश गरेपछि आफूले विद्यावारिधिसम्म गर्न पाएको र राष्ट्र, राष्ट्रियता तथा नेपाली नागरिकका लागि उल्लेख्य योगदान गरेको बताउनुभयो । आफ्नो सेवावधि पूरा गरेका वन मन्त्रालयका उपसचिव श्रीकृष्ण वस्ती र चालक विदुर गौतमलाई पनि हिजै बिदाइ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here