बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा कांग्रेसका खेलराज पाण्डेय निर्वाचित
७ जेठ, बुटवल । बुटवल उपमहानगरपालिकाको (प्रमुख) मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बाबुराम भट्टराईलाई ७,५३३ मतान्तरले पराजित गरेका हुन् ।
पाण्डेयले ३०,१३० मत ल्याएर विजयी भएका छन् भने भट्टराईले २२५९७ मत ल्याएर चित्त बुझाउनुपर्यो ।
उपप्रमुख (उपमेयर) तर्फ एमालेकी सावित्रादेवी अर्यालले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार चीनबहादुर गुरुङलाई पराजित गरेका हुन् । अर्यालले २४,९०४ मत ल्याएर विजयी हुँदा गुरुङले १६,९८० मत ल्याउन सफल भए ।
प्रतिक्रिया दिनुहोस्