झापाको गौरादह नगरपालिकामा मतगणना रोकियो

फाइल तस्बिर

७ जेठ, बिर्तामोड । झापाको गौरादह नगरपालिकामा मतगणना रोकिएको छ । गणना कार्यमा निर्वाचन कार्यालयका कर्मचारीको गतिविधि शंकास्पद भएको भन्दै कांग्रेस-माओवादी गठबन्धनले विरोध जनाएपछि गणना कार्य शुक्रबार रातिबाट रोकिएको हो ।

विरोधका कारण गणना कार्य रोकिएको हो । शुक्रबार बेलुका गौरादह-७ को वडाध्यक्ष पदमा एक मतको फरकमा एमालेका उम्मेदवार निर्वाचित भएको भनी निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको थियो । उक्त परिणामप्रति गठबन्धनका प्रतिनिधिले आपत्ति जनाएपछि विवाद उत्पन्न भएको हो ।

frontline

निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका उम्मेदवारले वडाध्यक्ष पदमा एक हजार २० मत पाएका थिए । गठबन्धनका उम्मेदवारले एक हजार १९ मत पाएको परिणाम सार्वजनिक गरिएको थियो ।

गठबन्धनका प्रतिनिधिले निर्वाचन कर्मचारीले धाँधली गरेर एमाले उम्मेदवारको पक्षमा एक मत बढी देखाएको आरोप लगाएका छन् । गठबन्धनले ७ नम्बरमा पुनः मतगणनाको माग राखेको कांग्रेस नगर सभापति यादवराज सेढाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here