गौरको मेयरमा नेकपा एकीकृत समाजवादीका शम्भू साह विजयी

४ जेष्ठ, रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको गृहपालिका गौर नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका शम्भू साह विजयी भएका छन्।

पूर्वमेयर तथा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अजय गुप्तालाई दोब्बर मतान्तरले पराजित गर्दै साह विजयी भएका हुन्।  

frontline

साहले ७ हजार ५२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अजय गुप्ताले ३ हजार ७ सय ७ मत प्राप्त गरे।

गौरको मेयरमा जसपाबाट पूर्वउपमेयर किरण ठाकुर, नेपाली कांग्रेसबाट मोहनकुमार यादव उम्मेदवार थिए।

यसैगरी, उपमेयरमा एकीकृत समाजवादीकी शैलकुमारी साह विजयी भएकी छन्।

रौतहटमा नेकपा एकीकृति समाजवादीले हालसम्म २ नगरपालिकामा विजयी भएको छ ।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here