काभ्रे खानीखोलाको अध्यक्षमा माओवादीका इन्द्रबहादुर थिङ र उपाध्यक्षमा कांग्रेसका दोर्जेमान जिम्वा निर्वाचित

४ जेठ, काभ्रे । जिल्लाको खानीखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ (छिन्ताङ)  र उपाध्यक्षमा कांग्रेसका दोर्जेमान जिम्वा निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित थिङले  ४ हजार ४ सय ८५  मत र उनका निकटतम प्रतिस्पर्धी एमालेका शेखर लामाले ३ हजार १ सय ५६ मत पाए।

frontline

अध्यक्षमा थिङ्ले १३३० मतअन्तर ले जितेका हुन् । पालिकाको उपाध्यक्षमा जिम्वाले ४ हजार ३ सय २७  मत र एमालेकी रुकमणि गुरुङले २ हजार ९ सय ८७  मत प्राप्त गरे । 

जिम्बाले १३४१ मत अन्तरले जितेका हुन् ।

७ वटा वडा रहेको खानीखोला गाउँ पालिकामा माओवादी केन्द्रले ४ र कांग्रेसले २ र एमालेले एक वडामा जित हाँसिल गरेका छन् ।

खानिखोला गाउँपालिका ०७४ को निर्वाचनमा पालिका अध्यक्ष उपाध्यक्ष दुवै नेकपा एमालेका उम्मेदवारले जितेका थिए ।

जिल्लामा दुई पालिकाको मात्र अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । 

यसअघि मगलबार भुम्लु गाउँपालिकामा गठबन्धनले अध्यक्ष उपाध्यक्ष जितेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here