भरतपुरमा रोकिएको मत गणना सुचारू गर्ने सहमति

१ जेठ, चितवन । भरतपुर महानगरपालिकाको रोकिएको मतगणना सुचारू गर्ने सहमति भएको छ ।

स्वस्तिक छाप स्पष्ट नभएको र छापको बढी भाग चिन्हभन्दा बाहिर परेका मतलाई बदर मत मानेर जाने सहमति भएपछि गणना सुचारू गर्ने सहमति भएको माओवादी केन्द्रका नेता गोपाल न्यौपानेले जानकारी दिए ।

frontline

भरतपुर-१ को गणनामा स्वस्तिक चिन्ह कम र केही मसी बढी परेका मतलाई समेत सदर मानिएको, तर आज बदर गरिएको भन्दै एमालेले आपत्ति जनाएपछि गणना केहीबेर रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here