स्वमूल्यांकनमा हलेसी नगरको तीन स्वास्थ्यचौकी उत्कृष्ट

हलेसी तुवाचुङ नगरपालिकाभित्रका उत्कृष्ट तीन स्वास्थ्य संस्था स्वमूल्यांकन आधारमा छनौट गरिएको छ । 

स्वमूल्यांकनमा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित स्वास्थ्यचौकी धितुङ प्रथम, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे स्वास्थ्यचौकी दोश्रो र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम स्वास्थ्यचौकी तेश्रो भएका छन् ।

frontline

११ वडा रहेको नगरपालिकामा रहेको ११ वटै स्वास्थ्य संस्थामध्ये स्वमूल्यांकनमा तीन स्वास्थ्यचौकी उत्कृष्ट ठहरिएको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर बिमला राईले बताउनुभयो । सबै स्वास्थ्यचौकीका इन्चार्जले विभिन्न मापदण्डका आधारमा अंक भार दिएपछि प्राप्तांकको आधारमा उत्कृष्ट स्वास्थ्यचौकीको पहिचान गरिएको हो ।

जेरो होम डेलिभरीवडा घोषणा गर्ने योजना

यसैबीच, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङलाई ‘जेरो होम डेलिभरी’ वडा घोषणा गर्ने योजना बनाइएको छ । बर्थिङ सेन्टरयुक्त नगरपालिकाभित्रका तीन वडामा गत साउनदेखि हालसम्म घरमा सुत्केरी गराउने महिला शुन्य भएकाले ‘जेरो होम डेलिभरी’ वडा घोषणा गर्ने योजना बनेको हो ।

आगामी असार मसान्तसम्ममा पनि घरमा सुत्केरी हुने दर शुन्य भएको अवस्थामा तीन वडालाई ‘जेरो होम डेलिभरी’ वडा घोषणा गरिने उपमेयर राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here