गैंडाकोटका मेयर पौडेलद्धारा राजिनामा, फेरी उठ्ने तयारी
फ्रन्टलाइन,बैशाख ९ । गैंडाकोटका नगरप्रमुख छत्रराज पौडेलले नगरप्रमुख पदबाट राजिनामा दिनुभएको छ । आज नगरपालिका कार्यालयमा पौडेलले राजिनामा दिनुभएको हो । दोश्रो कार्यकालका लागि पुनः नगरप्रमुख पदमा उमेद्वारी दिने तयारी स्वरुप उहाँले राजिनामा दिनुभएको हो । उहाँले दिएको राजिनामा पत्र निमित्त प्रमुख प्रशासकिय अधिकृत झलकराज पौडेलले बाचन गरेर सुनाउनुभयो ।
कार्यकाल बाँकी छँदै राजिनामा दिनुभएका पौडेलले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी समेत नगरपालिकालाई हस्तान्तरण गरिसक्नुभएको छ । निमित्त प्रमुख प्रशासकिय अधिकृत झलकराज पौडेल समक्ष गाडीको साँचो हस्तान्तरण गर्नुभएको हो ।
उहाँको नेतृत्वमा गठित स्थानिय सरकारले बिगत ५ वर्षमा उल्लेख्य रुपमा विकास र समृद्धिका आयोजना सम्पन्न गर्न, अघि बढाउन र समृद्ध नगर निर्माणको आधार तयार गर्न उल्लेख्य भुमिका खेल्यो ।
सिमित श्रोत साधन, राजनीतिक असर, कोभिड १९ संक्रमण असर लगायत थुप्रै चुनौतीका बाबजुत पौडेल नेतृत्वको स्थानिय सरकारले गरेका कामप्रति अधिकांश गैंडाकोटबासी सन्तुष्ट छन् । यद्यपी थुप्रै महत्वपुर्ण आयोजना सम्पन्न गर्न बाँकी नै छन् ।
ित अधुरा काम सम्पन्न गरि समृद्ध नगर निर्माण गर्ने अठोटका साथ आफु फेरी नगर प्रमुखको जिम्मेवारी लिन तयार रहेको, आम नागरिकले आफ्नै नेतृत्व चाहेकोले त्यसैको लागि उमेद्वारी र चुनावी तयारीमा लाग्ने योजना सहित आफुले राजिनामा दिएको नगरप्रमुख पौडेलले फ्रन्टलाइन खबरलाई बताउनुभयो । राजिनामा दिएर गाडी बुझाएसंगै उहाँ आफ्नै मोटरसाइकलमा घर फर्किनुभयो ।
प्रतिक्रिया दिनुहोस्