रौतहटमा जनमत पार्टीको प्रेस संघको दोस्रो औपचारिक भेटघाट तथा छलफल सम्पन्न
मेवालाल यादव
७ वैशाख, रौतहट । रौतहटमा जनमत पार्टीको प्रेस संघको दोस्रो औपचारिक भेटघाट तथा छलफल सम्पन्न भएको छ ।
गौर नगरपालिकामा रहेको पार्टीको कार्यालयमा भएको छलफलमा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य नेवालाल यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा यहि वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा पत्रकारको भूमिकाको बारेमा छलफल भएको थियो ।
पार्टीको प्रकाशन विभागका प्रमुख तथा जनमत पार्टीको केन्द्रीय सदस्य ललित मलिक सानुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष तथा जनमत पार्टीको तर्फबाट गौर नगरपालिकाको मेयरका प्रत्यासी उम्मेद्वार गंगाधर प्रसादको विशेष आतिथ्यता रहेको थियो ।
छलफलमा बोल्दै प्रमुख अतिथि सानुले स्थानीय तहको चुनावमा जनमत पार्टीको प्रेस संघको ठूलो भूमिका रहेको भन्दै निष्पक्ष रुपमा कलम चलाउन आग्रह गरे ।
पत्रकार देशको चौथो अंगको रुपमा रहेको भन्दै उनले पत्रकारहरुलाई देशमा भइरहेको भ्रष्टाचार, अत्याचार, गरिबहरुमाथि भइरहेको अन्यायको विषयमा कलम चलाउन आग्रह समेत गरे ।
स्थानीय चुनावमा उपस्थित सम्पूर्ण नेता कार्यकर्ता लगायत जनसमुदायमा जनमत पार्टीको चुनाव चिन्ह लाउडस्पिकर हर्न छापमा आफ्नो बहुमुल्य मत दिएर जिताउन समेत उनले आग्रह गरे ।
त्यस्तै कार्यक्रमको विशिष्ट अतिथि उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष तथा गौर नगरपालिकाका मेयर पदका प्रत्यासी उम्मेद्वार गंगाधर प्रसादले रौतहट जिल्लामा विभिन्न पार्टी रहेको तर सबै पार्टी स्वार्थवाद, नातावाद र कृपावाद रहेको स्पष्ट देखिएको बताए ।
तर जनमत पार्टीमा भने जुन देशको विकास समृद्धि, प्रगति उन्नती र गरिबहरुको हकअधिकारको लागि लड्ने पार्टी रहेको उनको दावी छ ।
वैशाख ३० गते हुने आसन्न स्थानीय तहको चुनावमा गौर नगरपालिको जनमत पार्टीको तर्फबाट मेयर पदको उम्मेदवारी दिई लड्न गइरहेको भन्दै उनले अमूल्य मत दिन समेत आग्रह गरे ।
मेयर पदमा लड्नुको कारण गौर नगरपालिकाको व्यथिती अन्त्य गर्नु रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्