निर्वाचन क्षेत्रमा विकासका योजना सम्पन्न गर्दै सांसद ठम्मर बिष्ट

कर्णाली प्रदेश सांसद ठम्मर बहादुर बिष्टले आफ्नो निर्वाचन क्षेत्रमा कृषकहरुलाइ  कृषि बिकास निर्देसनालयबाट विनियोजित गरेको रकमबाट  २० लाख बारबारका कृषि सामाग्रीहरु वितरण गरेका छन्।

एक कार्यक्रमकाबिच गुर्भाकोट नगरपालिका वडानम्बर १३ को सिबालयमा धान ब्लकको लागि सामग्री वितरण गरेका हुन्।  बिष्टले गुर्भाकोट नगरपालिका वडा नम्बर ४ को धोद्रेखोला हटारेबास नगडोर सिचाइ योजनाको विनियोजित गरिएको सिचाई कुलो निर्माण उद्घाटन गरेका छन्। सिचाई कुलोलागि २० लाख रकम विनियोजन गरिएको छ।

frontline

सांसद बिष्टको प्रमुखआतिथ्यमा भएको कार्यक्रममा कृषि बिकास कार्यालयका बरिस्ठ कृषि अर्थ विज्ञ तथा निर्देसक श्री चित्र बहादुर रोकाय ,कृषि अधिकृत याम राना लगायत कृषकहरुको उपस्थिति रहेको थियो।

सो कार्यक्रममा बोल्दै माननीय ठम्मर बिष्टले यस क्षेत्रका कृषकहरुको आवस्यकता अनुसार अपुरा रहेका योजनाहरुको कामलाई आगामी बर्षमा पुरागर्ने र जनताहरुलाइ व्यबसायिक रुपले कृषि पेसामा आबद्ध बनाई जिबनस्तर उकास्न आफु सधै लागिरहने प्रतिबद्दता जाहेर गरेका छन्।

बिष्ट पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्रमा जनताहरुको घरदैलोमा पुग्ने गरेका देखिन्छन भने विकासका योजनाहरुलाई तिब्र रुपमा उद्घाटन संगै सम्पनन गरिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here