मध्यरातमै अधिवेशन अन्त्य गण्डकी प्रदेशसभा

पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मध्यरातिबाटै अधिवेशन अन्त्य गरेका छन् ।

मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, माओवादी, जसपा र राजमोले अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका थिए ।
तर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनुअघि नै अधिवेशन अन्त्य गरिएको हो । अधिवेशन अन्त्यको पत्र प्रदेश प्रमुखको कार्यालयमा बिहिबार बिहानै दर्ता भएको छ । बिहान साढे १० बजे नै दर्ता भएको बताइएको छ । संविधानको धारा १८३ बमोजिम संसद् अन्त्य गरिएको जानकारी गराइएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here