वर्ष २०७७ सफल रहेको प्रधानमन्त्री ओलीको दाबी

फ्रन्टलाइन, राजनीति । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा सरकारले उल्लेखित प्रगति हासिल गरेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७८ को अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै अनेकन असहज परिस्थितिका बाबजुत पनि २०७७ साल सफल वर्षको रुपमा रहेको दाबी गर्नुभएको हो ।

उहाँले कोभिड १९ को महामारीले विश्व नै आक्रान्त भएको बेला त्यसको असर नेपालका सबै क्षेत्रमा परेको भए पनि २०७७ सालमा ठूला दीर्घकालीन महत्वका काम भएको दाबी गर्नुभयो । उहाँले प्रतिकूलताका बीच २०७७ सालमा असाधारण काम भएको र राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा सफलताको वर्ष रहेको बताउनुभयो ।

frontline

कोभिड १९ महामारीसँगै मुलुकमा केही राजनीतिक अस्वस्थता देखापरे पनि गत वर्ष उपलब्धिको वर्ष रहेको उनले बताए। दशकौँपछिको सफलता प्राप्त गर्दै मेलम्चीको पानी काठमाडौं आइपुगेको, अतिक्रमित भूमि फिर्ता, पुनर्निर्माणका कामहरूले पूर्णता पाउने क्रम तीव्र गतिमा बढेको तथा नयाँ नयाँ असाधारण र दुरगामी महत्वका कामहरू बढेको प्रधानमन्त्री ओलीको भनाई छ ।
उहाँले आफ्नो भूभागसमेत सामेल गरेर नया नक्सा सार्वजनिक गरेको र यसले राष्ट्रिय गौरव बढाएको र सबैमा आत्मविश्वास बढाएको दाबी गर्नुभयो । सरकारले सातै प्रदेशमा ठूला ठूला नयाँ औद्योगिक क्षेत्रको शिलान्यास गरेको र लगानीका लागि शान्तिपूर्ण र अनुकूल वातावरण बनेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here